• २०८२ कार्तिक २५ मंगलबार

निमन्त्रणा आएमा हंगेरीमा हुने ट्रम्प र पुटिनको बैठकमा भाग लिन तयार छु- जेलेन्स्की

kharibot

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले निमन्त्रणा आएमा हंगेरीमा ट्रम्प र पुटिन बीचको प्रस्तावित बैठकमा भाग लिन तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबार फोनमा कुराकानी गरेपछि आगामी केहि समयमा नै युक्रेन युद्धको बारेमा छलफल गर्न हंगेरीको राजधानी बुडापेस्टमा भेट्ने घोषणा गरेका थिए ।

जेलेन्स्कीले भनेका छन्- 'यदि मलाई यो बैठकमा आमन्त्रित गरियो र हामी तीन जना भेट्न सक्छौं वा यदि, सुझाव दिइएझैं, हामी तेस्रो पक्षको सहयोगमा कुरा गर्न सक्छौं भने, हामी केही कुरामा सहमत हुनेछौं ।'

यसैबीच, धेरै मिडिया रिपोर्टहरूले ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीको भेटघाटको क्रममा 'बहस' भएको दाबी गरेका छन् । अमेरिकी पक्षले जेलेन्स्कीलाई रूसको सर्तहरू स्वीकार गर्न र युद्ध अन्त्य गर्न आग्रह गरेको छ ।

बैठक पछिको आफ्नो पहिलो प्रेस ब्रिफिङमा, जेलेन्स्कीले दुई पक्षबीच धेरै मुद्दाहरूमा गहिरो मतभेद रहेको संकेत गरेका थिए ।

जेलेन्स्कीले उनले ट्रम्पलाई स्पष्ट रूपमा उनको लक्ष्य 'न्यायसंगत' शान्ति भएको बताएको उल्लेख गरेका छन् ।

यसअघि जेलेन्स्कीले ट्रम्प-पुटिन बैठकको लागि हंगेरीको छनौटको आलोचना गरेका थिए । जेलेन्स्कीले हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलाई धेरै युक्रेनी र ईयू नेताहरूले रूसको सहयोगी मान्ने बताएका थिए । उनले युक्रेनी जनताका लागि केही सकारात्मक वा सन्तुलित योगदान दिन नसक्ने जेलेन्स्कीको दाबि थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै