काठमाडौँ । भारतमा भएको २०२५ अन्तर्राष्ट्रिय खुल्ला कुकीवन कप तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले दोस्रो हुँदै रजत पदक जितेकी छिन् ।
उक्त प्रतियोगितामा नेपाल, भारत, जापान, दक्षिण कोरियालगायत राष्ट्रका एक हजार ५ सयभन्दा बढी खेलाडीको सहभागिता थियो ।
भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा भएको उक्त प्रतियोगिताम वैभवीले पुम्से विधामा भारतका खेलाडीलाई पछि पार्दै रजत पदक जितेकी हुन् ।









