• २०८२ मङ्सिर ७ आइतबार

सेलेनालाई दुलहीको पोशाकमा देखेर भावुक भइन् टेलर स्विफ्ट

kharibot

काठमाडौँ । यदि कुनै मित्रतालाई हलिउडमा सुनौलो मापदण्ड मान्न सकिन्छ भने त्यो सेलेना गोमेज र टेलर स्विफ्टको हो । उनीहरूको वर्षौं लामो मित्रता आज पनि उत्तिकै बलियो छ जति पहिले थियो । सेलेनाले हालै आफ्नो विवाहको भिडियो सेयर गरेकी छिन्, जसमा उनलाई दुलहीको रूपमा देखाइएको छ । यस भिडियोमा टेलर स्विफ्टसँगको उनको मित्रता देखिएको छ ।

सेलेनाले इन्स्टाग्राममा टेलर स्विफ्टसँगको तस्बिरहरू र भिडियो सेयर गरेकी छिन्, जसमा उनको सबैभन्दा मिल्ने साथी टेलर स्विफ्टले उनलाई उनको विवाहको दिनको लागि तयार भइरहेको हेरिरहेको देखाइएको छ । टेलरको आँखामा चमक र उनको अनुहारमा मुस्कानले स्पष्ट रूपमा देखाउँछ, उनी आफ्नो साथीको विशेष दिनको बारेमा कति भावुक थिइन् ।

सेलेनाको विवाह सेप्टेम्बर २७ मा क्यालिफोर्नियाको सान्ता बारबरामा भएको थियो, जहाँ उनले संगीत निर्माता बेनी ब्लान्कोसँग विवाह गरेकी थिइन् । भिडियोमा, स्टाइलिस्टले सेलेनाको कपालमा चुल्ठो लगाउँदा, टेलरले क्यामेरातिर हेरिन् र भनिन्, के तिमी ईं गम्भीर छौं ?  यो हेर्नुहोस् ! हे भगवान ! सेलेनाले यी तस्बिर र भिडियोहरूको क्याप्सन लेखेकी छन्- 'यो मेरी शोगर्लको लागि हो । तिमी जस्तो मिल्ने साथी पाएकोमा म धेरै भाग्यमानी छु । हाम्रो मित्रता सधैं बलियो रहोस् ।'

टेलर स्विफ्टले पनि रेडियो अन्तर्वार्तामा आफ्ना भावनाहरू साझा गरेकी छन् । उनले भनिन्- 'उनी केवल एक सुन्दर दुलही थिइनन्, उनी मैले देखेको सबैभन्दा सुन्दर चीज थिइन् । म धेरै खुसी छु किनभने उनी यसको हकदार छिन् ।' टेलरको भनाइले प्रशंसकहरूलाई प्रभावित पार्यो । सामाजिक सञ्जालमा धेरै मानिसहरूले उनीहरूको मित्रताको प्रशंसा गरेका छन् ।

टेलर र सेलेनाको मित्रता २००८ मा सुरु भयो, जब उनीहरू दुवैले जो जोनास र निक जोनासलाई डेट गरे । एक अन्तर्वार्तामा, सेलेनाले भनिन्, 'ती सम्बन्धहरूबाट हामीले पाएको सबैभन्दा राम्रो कुरा एकअर्काको मित्रता थियो ।' त्यसबेलादेखि आजसम्म, दुवैले हरेक उतारचढावमा एकअर्कालाई समर्थन गरेका छन्, चाहे त्यो करियरका चुनौतीहरू लगायत व्यक्तिगत उपलब्धिहरू हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै