• २०८३ भदौ २ मंगलबार

आरजुका भाई भूषण राणाको घरमा सीआईबीको छापा

आरजुका भाई भूषण राणाको घरमा सीआईबीको छापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साला भूषण राणाको जावलाखेलस्थित घरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको छ।

गएराती सीआईबीले राणाको घरमा छापा मारेर केहि कागजात लिएको छ । ब्युरोका एक उच्च अधिकृतका अनुसार भूषण भने हाल देश बाहिर रहेका छन् ।

आरजु राणाका भाई भुषण देउवा परिवारको आर्थिक गतिविधिमा संलग्नता रहेको आशंकाका आधारमा प्रहरीको टोलीले जावलाखेलस्थित घरमा छापा मारेको बताइएको छ ।

हाल जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवा निवासमा नगद भेटिएको विषयको अनुसन्धान गरिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै