काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्योगी शेखर गोल्छाले जेनजीले गरेको प्रर्दशनका क्रममा आफ्नो उद्योग र निजी निवासमा आगलागी तथा तोडफोड भएपनि आफू निराश र बिचलित नभएको बताएका छन् ।
सामाजिक सञ्जाल,आ लेख्दै गोल्छाले आफू र आफ्नो परिवार विचलित नभएको बताउदै देशमा सरकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको सपना पूरा होस् भन्ने उनले कामना गरेका छन् ।
उनले भनेका छन्-
देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् । केहि व्यवसायी माथि भएको विभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु । अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् ।









