काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
यसअघि देउवाले कांग्रेसको सामाजिक सञ्जाल बन्द फिर्ता लिने निर्णय जानकारी गराएर सरकारले आजै फिर्ता लिन सुझाव दिएपनि प्रधानमन्त्री ओलीले नमानेपछि वान टु वान छलफल गर्न उनी बालुवाटार पुगेको बताइएको छ । अहिले दुवै नेताबीच छलफल जारी रहेको छ ।
यसअघि आजै साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । आज भएको जेनजीको आन्दोलनमा १९ जनाको ज्यान गएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका थिए ।









