Skip This
  • २०८२ मङ्सिर ११ बिहीबार

विश्वकप लिग-२ अन्तर्गत नामिबियासँग क्यानडा पराजित

kharibot

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले क्यानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नामिबियाले क्यानडालाई २४ रनले पराजित गरेको हो ।

नामिबियाले दिएको २६२ रनको लक्ष्य पछाएको क्यानडाले ४८.३ ओभरमा अल आउट हुदै २३७ रन बनाएको थियो । क्यानडाका लागिकप्तान निकोलस किर्तोनले सर्बाधिक ४६ रन बनाएका थिए भने पर्गत सिंहले ४०, साद बिन जाफरले ३० रन बनाएका थिए । त्यस्तै नामिबियाका बलर बेर्नार्ड स्कोल्जले ४ तथा जेजे स्मितले ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाउदै २६१ रन बनाएको थियो । नामिबियाका लागि मलान क्रुगेरले सर्बाधिक ८० रन बनाए भने जान फ्राइलिंकले ६०  तथा जेपी कोत्जेले ३८ रनको योगदान गरेका थिए । त्यसैगरी क्यानडाका बलर जसकरण सिंह र अखिल कुमारले ३-३ विकेट लिएका थिए ।

यो जितपछि विश्वकप लिग-२ को अंक तालिकामा नामिबियाको २३ खेलमा १९ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यसैगरी क्यानडाको हाल २३ खेलमा २० अंक रहेको छ र पाँचौं स्थानमा कायम छ । 

अब  विश्वकप लिग-२ अन्तर्गत अर्को खेल विहिबार नामिबिया र स्कटल्याण्डबीच हुने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै