• २०८२ मङ्सिर १ सोमबार

काठमाडौंको गोंगबुस्थित एक घरबाट करोडौं नगद र सुन बरामद

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं ।  काठमाडौंको गोंगबुस्थित टाउन प्लानिङमा रहेको विनोद श्रेष्ठको घरमा करोडौँ रकम र ३ किलोभन्दा बढी सुन फेला परेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार श्रेष्ठको घरबाट करिब ३ करोड ७५ लाख नगद भेटिएको छ । त्यस्तै उनको घरमा करिब ३ किलो जति सुनका गहना पनि भेटिएको छ । 

प्रहरीले विशेष सुराकीको आधारमा गोरखा नगरपालिका-१ घर भई हाल काठमाडौं-२६ बस्ने ७६ वर्षीय विनोद श्रेष्ठको घरमा छापा मार्दा सो रकम र सुन भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रेष्ठले सुन धितो राखेर पैसा दिने काम गर्ने गरेको खुलेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै