• २०८३ श्रावण १३ बुधबार

मुख्यमन्त्री कँडेलद्वारा निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको अनुगमन

मुख्यमन्त्री कँडेलद्वारा निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको अनुगमन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको अनुगमन गरेका छन् । 

शनिबार मुख्यमन्त्री कँडेलले कोहलपुर - सुर्खेत १३२ केभि प्रसारण लाइन विस्तार अन्तरगत बाँकेको कोहलपुरदेखि गाभर, देउराली, बबई, हर्रे  हुँदै सुर्खेतको सुब्वाकुनामा निर्मित सबस्टेसनसम्म पुगेका थिए । 

मुख्यमन्त्री कँडेलले प्रसारण लाइन निर्माणमा बाँकेका दुई स्थानमा जग्गा विवाद समाधान भई ९ मध्ये ६ वटा टावर निर्माण भइसकेको जानकारी दिएका छन् । साथै बाँकी ३ वटा टावरको लागि फाउन्डेसन बनाउने काम शुरु भएको उनले बताए ।  

उनले संघीय सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसमेतको उपस्थिति र दुबै राष्ट्रिय निकुञ्जका वार्डेन तथा विधुत प्राधिकरणको सहभागितामा रूख कटानका लागि निकुञ्जमा देखिएका समस्या र समाधानबारे छलफल गरेका थिए । 

मुख्यमन्त्री कँडेलले प्रसारण लाइनको टावर विस्तार सकिएको बबई - हर्रे खण्डमा बाँकी रूख कटानमा सहजिकरण गर्न बर्दिया राष्ट्रिय निकुञ्जलाई निर्देशन दिएका थिए । 

यही गतिमा काम हुन सके आयोजना प्रमुख रबि चौधरीले तिहार अघि सुब्बाकुना सबस्टेशनमा  विधुत चार्ज  गर्न सकिने जानकारी दिएका छन् । कर्णालीको लाइफलाइन यो आयोजना छिटो सम्पन्न गर्न निरन्तर लागिरहेको बताउदै मुख्यमन्त्री कँडेलले अब निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । उनले आउँदो तिहारसम्म प्रसारण लाइनको फिल्डको काम सकेर सब स्टेशनमा विद्युत् जोड्ने गरी काम सम्पन्न गर्न आयोजना कार्यालयलाई निर्देशन दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै