• २०८२ कार्तिक २५ मंगलबार

नेपालमा एडप्टिभ स्पोटर्स प्रवर्धन र सम्भावना बारे अमेरिकी प्रतिनिधिमण्डलसँग अन्तरक्रिया

kharibot

काठमाडौँ । अमेरिकाबाट ‘स्पोट्र्स डिप्लोमेसी – स्पोट्र्स फर सोसल चेन्ज’ कार्यक्रमअन्तर्गत  १२ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको छ ।

अमेरिकी प्रतिनिधिमण्डलसँग राष्ट्रिय खेलकुद परिषद्का  सदस्य–सचिव टंकलाल घिसिङले भेटवार्ता गरेका छन् । सो अवसरमा नेपालमा एडप्टिभ स्पोटर्स प्रवद्र्धन र खेल आदान–प्रदानका सम्भावना बारे अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, राष्ट्रिय टिम तयारीका उप निर्देशक दीपक श्रेष्ठ, सचिवालय प्रमुख फणिन्द्र पौड्याललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका स्थानीय साझेदार तथा बिआईए इन्स्टिच्युटका कार्यकारी निर्देशक गोकर्ण ढुङगानाले आदान–प्रदान कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै