• २०८३ जेठ १७ आइतबार

नुवाकोटमा बाँदरको आक्रमणबाट एक जनाको ज्यान गयो

नुवाकोटमा बाँदरको आक्रमणबाट एक जनाको ज्यान गयो

फाइल तस्बीर

नुवाकोट । नुवाकोटमा बाँदरको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

पन्चकन्या गाउँपालिका -२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँदरको आक्रमणबाट घाइते भएपछि अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले बताएका छन् । 

आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा सय भन्दा बढी बाँदरको बगालले आक्रमण गर्दा अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै ज्यान गएको पन्चकन्या- २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै