• २०८३ भदौ ३० मंगलबार

रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने

रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ ।

लामिछानेले नख्खु कारागार सरुवाका लागि दिएको निवेदनको आधारमा उनलाई कारागार विभागले सरुवा गर्ने निर्णय गरेको हो ।

हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेलाई अब छिट्टै नख्खु कारागार ल्याइने कारागार विभाग स्रोतले जानकारी दिएको छ ।

लामिछानेलाई सरुवा गर्ने विभागको पत्र जिल्ला कारागार रुपन्देही पुगिसकेको भन्दै अब छिट्टै सरुवा गरिने भएको छ ।

चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका लामिछानेले मागे अनुसार सरुवा नगरेको भन्दै रास्वपाले प्रश्न उठाउदै आएको थियो ।

यसअघि गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा लामिछानेको कारागार सरुवाको काम भइरहेको बताएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै