• २०८३ असोज १४ बुधबार

केरूङमा अलपत्र परेका १६७ नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याइयो

केरूङमा अलपत्र परेका १६७ नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याइयो

सिन्धुपाल्चोक । भोटेकोशीको बाढीले रसुवाका केरूङमा अलपत्र परेका १६७ नेपाली तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ ।

गत असार २५ गतेको भोटेकोशी बाढीले मितेरी पुल बगाएपछि केरूङमा होटल तथा पर्यटन क्षेत्रमा बस्दै आएका नेपालीहरूलाई नेपाल र चीन सरकार, स्थानीय प्रशासन र सरोकारवाला निकायको पहलमा तिब्बतको केरूङबाट न्यालम हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका ल्याइएको हो ।

सिन्धुपाल्चोक हिमालय सिमापार वाणिज्य संघको सहयोगमा ५ वटा सवारी साधनमार्फत उनीहरूलाई काठमाडौँ पठाइएको छ । एक महिनादेखि केरूङमा अलपत्र भएर बसेका उनीहरूलाई तिब्बतको न्यालम हुँदै सिन्धूपाल्चोक ल्याइएको थियो ।

केरूङमा विभिन्न पेसा गरी बसेको नेपालीहरू बिरामी पर्न थालेको र कतिपयले अब घर फर्कन पाइँदैन कि भन्ने चिन्ता समेत व्यक्त गरेपछि नेपाल ल्याउने व्यवस्था गरिएको हो । नेपाल फर्किएका धेरै जना रसुवाका रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै