• २०८२ कार्तिक २५ मंगलबार

बनभोज खुवाएर सौराहामा मनाइयो १४औं अन्तर्राष्ट्रिय हात्ती दिवस

kharibot

चितवन । चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको परिसरमा १४औं अन्तर्राष्ट्रिय हात्ती दिवस भव्यता पुर्वक मनाइएको छ ।

मंगलवार एक विशेष कार्यक्रमसहित हात्तीहरुलाई वनभोज समेत गराइएको थियो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडद्वारा आयोजित सो कार्यक्रममा सरकारी तथा निजी मिलाएर ६० वटा हात्तीलाई उनीहरूलाई मनपर्ने विविध परिकारहरू खुवाइएको थियो ।

कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवं हात्ती दिवस-२०८२ कार्यक्रमका संयोजक शम्भू प्रसाद मालीले सौराहामा हात्ती बिना पर्यटनको विकास परिकल्पना समेत गर्न नसकिने बताउदै हात्तीको पालन पोषणमा चुनौती बढ्दै गएको र सरकारसँग सहयोगको अपेक्षा गरेको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै