• २०८३ असोज १७ शनिबार

ओली सरकारबाट बाहिरिने नागरिक उन्मुक्तिको निर्णय

ओली सरकारबाट बाहिरिने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ । शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

समर्थन फिर्ता लिइएकोबारे आइतबार नै संसद्लाई जानकारी गराइने र हाल ओली नेतृत्वको सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिने छन् ।

प्रतिनिधिभासभा नाउपाका चार सांसद छन् । नाउपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने सबैधानिक बाध्यता रहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई विहिबार मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा शुक्रबार सुदूरपश्चिमको सरकारबाट बाहिरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै