• २०८३ बैशाख १४ सोमबार

नेदरल्याण्डसमाथि स्कटल्याण्ड ४४ रनले विजयी

नेदरल्याण्डसमाथि स्कटल्याण्ड ४४ रनले विजयी

काठमाडौँ । स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा स्कटल्याण्डले नेदरल्याण्डसमाथि ४४ रनले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको २६३ रन्को लक्ष्य पछाएको नेदरल्याण्डसले ४५ ओभरमा अल आउट हुदै २१८ रन मात्र बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै २६२ रन बनाएको थियो । 

यो जितपछि लिग-२ मा स्कटल्याण्डको १८ खेलमा२२ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको २२ खेलमा २६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

अब जारी सिरिज अन्तर्गत अर्को खेल आइतबार नेपाल र स्कटल्याण्डबीच हुदै छ । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै