• २०८३ बैशाख ८ मंगलबार

सवारी लाइसेन्स अनधिकृत रुपमा सच्याउने यातायातका तीन कम्प्युटर अपरेटरविरुद्ध मुद्धा दायर

सवारी लाइसेन्स अनधिकृत रुपमा सच्याउने यातायातका तीन कम्प्युटर अपरेटरविरुद्ध मुद्धा दायर

काठमाडौँ । लाइसेन्स सच्याएर दिने यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन तीन जना कम्प्युटर अपरेटरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

अख्तियारले तत्कालिन कम्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रमा कार जीप र डेलिभरी भ्यानको अनुमति थपेर विवरण परिवर्तन गरी प्रणालीमा समेत परिवर्तन गरी अद्यावधिक गरी गराई दिएको आरोपमा  विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

अख्तियारले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै