• २०८३ श्रावण ९ शनिबार

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्धा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

सोरु गाउँपालिका वडा नं. १० स्थित शहीदगेट देखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक काम भन्दा बढी मूल्याङ्‍कन गरी २३ लाख २२ हजार ८३२ अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

मुद्धा दायर हुनेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मल्ल, इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सव-इन्जिनियर मनोज धामी, लेखापाल जेठ बहादुर बुढा, योजना शाखा प्रमुख नविन बुमी, उपभोक्ता समितिका अध्यक्ष विष्णु दत्त जैसी, कोषाध्यक्ष नन्द देवी जैसी, सचिव पौमल सार्की, अनुगमन समिति संयोजक दलविर सार्की, समिति सदस्य धर्मराज जैसी र सोरु गा.पा. वडा नं. १० का तत्कालीन कार्यवाहक वडा अध्यक्ष विरेन्द्र बहादुर मल्ल रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै