• २०८३ कार्तिक २९ आइतबार

रविन्द्र मिश्रलाई भेटेपछि कमल थापाले भने- उनको मनोबल र उत्साह निकै बलियो पाए

रविन्द्र मिश्रलाई भेटेपछि कमल थापाले भने- उनको मनोबल र उत्साह निकै बलियो पाए

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई भेट गरेका छन् ।

भेटपछि अध्यक्ष थापाले ४५ दिनसम्म बिना कारण थुनामा रहदा पनि मिश्रको मनोबल उच्च रहेको पाएको उल्लेख गर्दै उनले कुनै अपराध नगरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- निरङ्कुश र भ्रष्ट सरकारले फरक विचार बोकेकै कारण बन्दी बनाइएका रविन्द्र मिश्रसँग आज भेट भयो । ४५ दिनभन्दा बढी बिना कारण थुनामा रहँदा पनि उनको मनोबल र उत्साह निकै बलियो रहेको पाएँ । रविन्द्र मिश्रले कुनै अपराध गरेका छैनन् । मिश्र लगायत सबै आस्थाका बन्दीहरुलाई तत्काल रिहा गरियोस् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै