• २०८२ जेठ ५ सोमबार

'अप्रेशन सिन्दूर' को नाममा फिल्म बनाउन बलिवुड निर्माताको होडबाजी, दर्जनौं निवेदन दर्ता

kharibot

काठमाडौँ । पाकिस्तानसँग युद्ध बलिवुडका लागि सिनेमा बनाउने लोकप्रिय विषय हो । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच अघोषित युद्ध जारी रहेका बेला भारतले पाकिस्तानविरुद्ध गरेको अप्रेशनको नाम 'अप्रेशन सिन्दूर' चर्चामा रहेको छ ।

भारतीय सेनाले पहलगाममा आफ्ना पति गुमाएका पहिलाहरुलाई समर्पित गर्दै पाकिस्तानविरुद्धको कारवाहीलाई 'अप्रेशन सिन्दूर' नाम दिएको छ ।

यसैबीच बलिवुडका फिल्म निर्माता र निर्देशकहरुले 'अप्रेशन सिन्दूर' को नामबाट सिनेमा बनाउन होडबाजी चलिरहेको छ ।

भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म विभिन्न राज्यमा पाँच दर्जन भन्दै 'अप्रेशन सिन्दूर' नामका लागि निवेदन दिएको उल्लेख छ । त्यस्तै 'मिशन पहलगाम' का लागि पनि कैयौं निवेदन परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इन्डियन मोसन पिक्चर प्रोड्युसर एसोसियसनले दर्जनौं निवेदन पाएको जनाएको छ । त्यस्तै वेस्टर्न इण्डिया फिल्म प्रोड्युसर एसोसियसन र प्रोड्युसर गिल्ड अफ इण्डियाले पनि  'अप्रेशन सिन्दूर' र 'मिशन पहलगाम' को नामका लागि निवेदन दिएको रिपोर्टमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै