• २०८२ जेठ ५ सोमबार

आइसीयुबाट बाहिर आए इन्डियन आइडल विजेता गायक पवनदीप

kharibot

काठमाडौँ । कार दुर्घटनामा इन्डियन आइडल सिजन १२ का बिजेता गायक पवनदीप राजनको स्वास्थ्यमा सुधार भएको छ ।

उनका साथीले सामाजिक सञ्जालमा स्वास्थ्य अपडेट दिदै पवनदीप हाल आइसीयुबाट बाहिर आएको जानकारी दिएका हुन् ।

मे ५ मा भएको कार दुर्घटनामा पवनदीपलाई धेरै गम्भीर चोटपटक लागेको र हात र खुट्टा भाँचिएको थियो । जसमध्ये केही फ्र्याक्चरको शल्यक्रिया गरिएको छ, जबकि बाँकी चोटपटकको उपचार आगामी केही दिनमा गरिने उल्लेख बताइएको थियो । 

रिपोर्टका अनुसार पवनदीप चढेको कार चम्पावतबाट दिल्ली आउँदैगर्दा उत्तरप्रदेशको अमरोहामा दुर्घटनामा परेको हो । राजमार्गमा रोकिएको क्यान्टरमा पछाडिबाट कार ठोक्किएको प्रहरीले बताएको रिपोर्टमा उल्लेख छ  ।

अहिले उनको नोयडास्थित फोर्टिस अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै