• २०८२ जेठ ५ सोमबार

बाल मन्दिर जग्गा प्रकरणका १७ आरोपीविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौं । बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रिता वैद्यसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले बाल मन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय गरेसँगै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्धा दर्ता गरेको हो ।

१७ जनाविरुद्ध नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा हिनामिना भएको आरोप छ । सस्तो मूल्यमा ७९ वर्षका लागि बाल मन्दिरको जग्गा भाडामा दिएर व्यक्तिगत रुपमा आर्थिक लाभ लिएको आरोप छ ।

उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय र उच्च सरकारी वकिलको कार्यालयले यसअघि मुद्दा नचलाउने निर्णय गरेका थिए । यस प्रकरणका सबै प्रतिवादी हाल फरार रहेका छन् ।

यस प्रकरणमा रिता सिंह, तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्ण शंकर साह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्ड राज प्रधान, राम काजी गुरुङ, योगेन्द्र बहादुर शाही, दीपक दास श्रेष्ठ, प्रविण राज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा संघाई रहेका छन् । त्यस्तै मुद्दा दायर गरिएका भारतीय नागरिकमा अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्ति प्रसाद पाण्डेय रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै