काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १७ सयले बढेको छ ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ९१ हजार ६ सय कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्यमा भने आज स्थिर रहेको छ । आज चाँदी तोलामा १९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।