• २०८२ जेठ ५ सोमबार

गिगी र ब्राडलीले दिए प्रेम सम्बन्धलाई औपचारिकता

kharibot

काठमाडौँ । सुपरस्टारहरूले भरिएको जन्मदिनको पार्टीमा गिगी हदीद र ब्राडली कूपरले लिप लक गर्दै आफ्नो सम्बन्धलाई औपचारिकता दिएका छन् । गिगीले सामाजिक सञ्जालमा आफ्ना रोमान्टिक तस्बिरहरू सेयर गरेर आफ्नो सम्बन्धलाई आधिकारिक बनाएकी हुन् ।

अमेरिकी फेसन मोडेल तथा टेलिभिजन कलाकार गिगी हदीदले सामाजिक सञ्जालमा एक विशेष तस्बिर मार्फत ब्राडली कूपरसँगको आफ्नो सम्बन्धको खुलासा गरेकी छिन् । यो तस्वीर मार्फत उनीहरूले आफ्नो सम्बन्धलाई आधिकारिक बनाएका छन् । गिगी हदीदको जन्मदिन अप्रिल २३ मा हो, तर उनले त्यसको केहि दिन पछि मात्र आफ्नो ३०औं जन्मदिन मनाएका आकर्षक तस्बिरहरू सेयर गरेकी छन् । यी तस्विरहरूमा धेरै सेलिब्रेटीहरू देखिए । यी तस्विरहरूसँगै, एउटा तस्विर पनि छ जसमा गिगी र ब्राडली एकअर्कालाई चुम्बन गरिरहेको देखिन्छ । 

मिडिया रिपोर्टका अनुसार, गिगी र ब्राडलीको जोडी पहिलो पटक अक्टोबर २०२३ मा सँगै देखिएको थियो। हालै, गिगीको औंलामा सुनको औंठी देखिएपछि इन्गेजमेन्टको हल्ला फैलिएको थियो । गिगीले भोगलाई बताएअनुसार उनीहरू एक साथीको छोरीको जन्मदिनमा भेटेका थिए र त्यसपछि नजिक भएका थिए । उनले ब्राडलीसँगको आफ्नो सम्बन्धलाई रोमान्टिक र परिपक्व भएको वर्णन गरेकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै