काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बुधबार भेटवार्ता गरेका छन् ।
नेपाल भ्रमणका क्रममा काठमाडौँमा रहेका चौथाईवालेले बुधबार अपराहन्न देउवासँग भेटवार्ता गरेका हुन् ।
उनले भेटमा दुई देशको सम्बन्धको विषयमा छलफल भएको जानकारी दिएका छन् । सो भेटमा परराष्ट्रमन्त्री समेत रहेको देउवा पत्नी डा. आरजु राणा देउवा पनि रहेकी थिइन् ।
चौथाईवालेले आजै सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका थिए ।









