• २०८२ जेठ ५ सोमबार

हतकडीसहित फरार थुनुवा महिला भारतबाट पक्राउ

kharibot

टीकापुर । सरकारी वकिल कार्यालय कैलालीबाट हतकडीसहित फरार थुनुवा महिला भारतबाट पक्राउ परेकी छन् । 

मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी टीकापुर नगरपालिका वडा नम्बर १ की ५० वर्षीय मीना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो । दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लैजाने क्रममा भागेकी थिइन् ।

हतकडीसहित थुनुवा भागेपछि दुईजना प्रहरीलाई कारवाही गरिएको छ । प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको कैलाली प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै