• २०८२ जेठ ५ सोमबार

नवनियुक्त शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षकका प्रतिनिधि मन्त्रालय पुगे

kharibot

काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको आह्वानपछि शिक्षक महासङ्घ वार्ताका लागि मन्त्रालयमा पुगेका छन् । 

नेपाल शिक्षक महासंघबाट २५ जनाको टोली वार्ताका लागि सिंहदरबारस्थित शिक्षा मन्त्रालय पुगेको हो । बार्ताका लागि नेपाल राष्ट्रिय शिक्षक संघ, नेपाल प्रगतिशील शिक्षक संघ र नेपाल शिक्षक महासंघका पदाधिकारी मन्त्रालय पुगेको बताइएको छ । 

महासंघले नयाँ मन्त्रीले आह्वान गरेकले यसलाई सकारात्मक रुपमा लिएको बताउदै बार्तामा गएको बताएको छ ।

मन्त्री पन्तले आजै वार्ताका लागि सरकारका तर्फबाट पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासङ्घलाई आव्हान गरेका थिए । 

मन्त्री पन्तले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि आग्रह गरेको जानकारी गराएका छन्। 

बिभिन्न माग राख्दै र विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै गत चैत २० देखि विभिन्न मागसहित शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षक काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै