• २०८३ असोज १८ आइतबार

गृहजिल्लामै योगेश भट्टराई शौचालयमै थुनिनुपरेपछि...

गृहजिल्लामै योगेश भट्टराई शौचालयमै थुनिनुपरेपछि...

काठमाडौँ । नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङमा 'नो केबलकार' समूहले घेरा हालेपछि शौचालयमै थुनिएका छन्  ।

भट्टराई सिंढी चढेर शौचालय उक्लिए, वरपर रहेका स्थानीयले उनीविरुद्ध नाराबाजी सुरु गरेका थिए । आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल हालेर सांसद भट्टराईलाई सुरक्षा दिएको थियो ।

केहीबेर पछि प्रहरीको जनशक्ति थपिएर भीड तितरबितर पारेपछि भट्टराई बाहिर आएका थिए । उनलाई प्रहरीले हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको थियो । भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीयबीच ठेलमठेल भएको थियो ।

शुक्रबार कञ्चनजंघा हिरक महोत्सवको उद्‌घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै