काठमाडौँ । राजसंस्थाको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक जुलियन किर्पाललाई सरकारले देश निकाला गरेको छ ।
गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै तत्काल डीपोर्ट गर्ने निर्णय गरेको हो । उनलाई मंगलबार सम्ममा स्वदेश पठाउने तयारी रहेको अध्यागमन विभाग स्रोतले जानकारी दिएको छ ।
विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले प्रतिबन्धसहित देश निकाला गरेको हो ।
पर्यटक भिसामा नेपाल बस्दै आएका ५८ वर्षीय किर्पाललाई प्रहरीले चैत १४ गते माइतीघरबाट पूर्वराजाको पक्षमा नारावाजी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको र राजावादीहरूसँग निरन्तर भेटघाटमा रहेको पाइएपछि देश निकाला गरिएको बताइएको छ ।