• २०८२ कार्तिक २५ मंगलबार

लस एन्जलस ओलम्पिकमा क्रिकेटका पुरुष र महिलाका ६-६ टिम सहभागी हुने

kharibot

काठमाडौँ । ओलम्पिक खेलकुदमा क्रिकेट खेल हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले दुई वर्षअघि लस एन्जलस २०२८ ओलम्पिकमा क्रिकेटलाई समावेश गर्न अनुमोदन गरेको थियो ।

यस ओलम्पिकमा पुरुष र महिला दुवै वर्गमा छ-छ टोलीले भाग लिनेछन् । यी कुन टोली हुनेछन् भन्ने कुरा अझै घोषणा गरिएको छैन ।

यी टिम कसरी छनौट हुन्छन् भन्ने स्पष्ट भएको छैन  । आसिसीमा पूर्ण सदस्य १२ देश रहेका छन् भने अन्य ९४ देश एसोसियटस देशको रुपमा रहेका छन्  । यी क्रिकेट खेलहरू कहाँ आयोजना हुनेछन् भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।

क्रिकेट अन्तिम पटक १९०० मा पेरिसमा भएको ओलम्पिकमा खेलिएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अनुसार खेलहरू टी-२० ढाँचामा खेलाइनेछ।

यस वर्षको ओलम्पिकमा क्रिकेट बाहेक थप चार नयाँ खेलहरू समावेश हुँदैछन् । यी हुन् - बेसबल/सफ्टबल, फ्ल्याग फुटबल, ल्याक्रोस र स्क्वास ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै