काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । विहिबार सुनको मूल्य तोलामा ५७ सय रुपैयाँलेले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको महासंघले जानाएको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।