काठमाडौं । नेपाल शिक्षक महासंघ वार्तामा जान तयार भएको छ । सरकारले बोलाएको वार्तामा बिहीबार शिक्षक महासंघ जान लागेको हो ।
महासंघका एक पदाधिकारीका अनुसार वार्ता समिति बनाउने वा को-को जाने भन्ने लगायत विषयमा रणनीति बनाउन बैठक बसिरहेको छ ।
शिक्षक महासंघलाई सम्बोधन गरेर फेरि शिक्षा सचिवको एउटा पत्र आयो । अहिले वार्तामा कसरी सहभागी हुने, को-को जाने भनेर रणनीति बनाउन छलफल गरिरहेका छौं,’ ती पदाधिकारीले भने ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार पनि शिक्षक महासंघले वार्तामा बस्ने बताएको छ ।‘बिहीबार उहाँहरूले आउने भन्नु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने । शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेको छ ।
बुधबार शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै हात उठाएर सरकारको सांकेतिक विरोध गरेका थिए । शिक्षकहरूले यसअघि दिउँसै बत्ती बालेर, कालो मास्क लगाएर, सिटी फुकेर प्रदर्शन गरेका थिए ।