काठमाडौँ । ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालले ‘आत्महत्या प्रकरण’ को अनुसन्धान तीव्र भएको छ । ओडिशा सरकारले आफ्नो अनुसन्धानलाई तीव्रता दिएको छ र मंगलबार मात्रै किट कलेजका थप ४ अधिकारीहरूलाई उच्च स्तरीय समितिमा उपस्थित हुन बोलाएको छ।
उच्च शिक्षा विभागका अनुसार कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का प्रमुख प्रोक्टर पीके पटनायक, निर्देशक संहिता मिश्रा, आन्तरिक समिति प्रमुख इप्सिता सत्पाथी र सहायक निर्देशक स्म्रिका पाटी र निजी कलेजका धेरै वरिष्ठ अधिकारीहरूलाई बोलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।
समाचार अनुसार उनीहरूलाइ फ्रेबुअरी २७ मा अतिरिक्त मुख्य सचिव (गृह) सत्यब्रत साहुको नेतृत्वमा रहेको समितिमा उपस्थित हुन भनिएको सूचनामा उल्लेख गरिएको छ । यस अघि फ्रेबुअरी २१ मा पनि केआईआईटीका संस्थापक अच्युत सामन्तसहित सो कलेजका ७ जना उच्च अधिकारीले समिति समक्ष हाजिर भई बयान दिएका थिए ।
नेपाली विद्यार्थीलाई मात्र छात्रावास छाड्न नोटिस किन दिइयो ? भन्ने प्रश्न सोधिएको थियो भने मृतक युवतीले एक महिनाभन्दा बढी समय देखी दिएको दुर्ब्याबहारको उजुरीमा किन कारबाही नगरेको ? भन्दै उनीहरुलाई सोधिएको थियो । ‘सामन्त र अन्यलाई पनि नेपाली विद्यार्थीहरू विरुद्ध कथित जातीय दुर्व्यवहारको बारेमा बारम्बार सोधपुछ गरिएको थियो,’ एक अधिकारीले भारतीय सञ्चारमाध्यमलाई जनाएका छन् ।
नेपाली विद्यार्थीको आत्महत्याको घटना पछि ओडिशा सरकारले फ्रेबुअरी १८ मा एक उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । कथित आत्महत्यामा निम्त्याउने अवस्था, कलेज प्रशासनले गरेको कथित कारबाही, विद्यार्थीहरूको एक निश्चित समूह (नेपाली)लाई मात्र सूचना जारी गर्ने र उनीहरूका लागि संस्थान अनिश्चितकालका लागि बन्द गर्ने जस्ता कार्यहरू गरिए पछि सो समिति गठन भएको हो ।