• २०८१ फाल्गुण ९ शुक्रबार

प्रकृति लम्सालको शव परिवारलाई हस्तान्तरण

kharibot

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा होस्टेल कोठामा आत्महत्या गरेकी तेस्रो वर्षकी बिटेककी छात्रा प्रकृति लम्सालको शव मंगलबार राति परिवारलाई हस्तान्तरण गरिएको छ।

ओडिशा टिभीका अनुसार भुवनेश्वरको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पोस्टमार्टम पछि प्रकृतिको शव उनको परिवारलाई हस्तान्तरण गरिएको हो ।

आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल होस्टेल कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो ।

लम्सालको मृत्युको घटनाको सत्यतथ्य छानबिन गर्न नेपाली विद्यार्थीहरुले प्रदर्शन गरेपछि विश्वविद्यालय प्रशासनले नेपाल विद्यार्थीलाई जबर्जस्ती होस्टेल बाहिर निकालेको थियो ।

मंगलबार चौतर्फी दबाबपछि विश्वविद्यालय प्रशासनले घटनामा संलग्नलाई बर्खास्त निलम्बन र माफी मगाउने काम गरिरहेको छ ।

यसैबीच नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच कर्मचारी धरौटीमा छुटेका छन् । किट विश्वविद्यालयका तीन निर्देशक र दुई सुरक्षागार्डलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको ओडिसा टीभीले उल्लेख गरेको छ ।

भुवनेश्वर प्रहरीले कलेजको मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, होस्टलका निर्देशक सुधिरकुमार राठ, सुरक्षागार्ड रमाकान्त नायक र जोगिन्द्र बेहेरालाई पक्राउ गरेको थियो । उनीहरु अदालतको आदेशमा पक्राउ परेकाहरु धरौटीमा छुटेको बताइएको छ ।

ओडिसा प्रदेश सरकारले यो प्रकरणमा छानबिन गर्न उच्च स्तरीय समिति बनाइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै