काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध हालसम्म १८८ मुद्दा दर्ता भएका छन् ।
गृह मन्त्रालयले इस्लामाबाद उच्च अदालतमा एक याचिकाको जवाफमा पेश गरेको विवरणमा खानविरुद्ध अहिलेसम्म १८८ मुद्धा दायर भएको खुलेको हो ।
यो याचिका इमरान खानकी बहिनी नूरिन नियाजीको तर्फबाट दायर गरिएको थियो, जसमा उनले इमरानविरुद्ध विचाराधीन मुद्दाहरूको बारेमा जानकारी मागेकी थिइन् ।
इमरान खानविरुद्ध देशका विभिन्न ठाउँमा धेरै कानुनी मुद्दा चलिरहेका छन् । उनीविरुद्ध पञ्जाबमा ९९, इस्लामाबादमा ७६ र खैबर पख्तुनख्वामा दुईवटा मुद्दा छन्। यसबाहेक, पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले उनीविरुद्ध सातवटा अनुसन्धान सुरु गरेको छ र तीनवटा मुद्दा पनि दर्ता गरेको छ।