• २०८१ मङ्सिर २ आइतबार

जेलेन्स्कीको ट्रम्पप्रति भरोसा, उनले शपथ लिनासाथ युद्ध अन्त्य हुन्छ !

kharibot

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन स्वतन्त्र राष्ट्र भएको र अब बसेर सुन्ने मात्रै नहुने बताएका छन् । जेलेन्स्कीले युक्रेनी राज्य रेडियोलाई दिएको अन्तर्वार्तामा रूससँग चलिरहेको युद्धमा धेरै प्रश्नहरूको जवाफ दिएका थिए ।

सो अन्तरर्वार्तामा जेलेन्स्कीलाई सोधिएको थियो, ‘डोनाल्ड ट्रम्पसँगको कुराकानीमा तपाईले के सन्देश पाउनुभयो ?  यो सुनेर जेलेन्स्की हासे र भने, 'हामी स्वतन्त्र देश हौं । युद्धका बेला हाम्रा जनता र मैले अमेरिका, ट्रम्प, बाइडेन र अन्य युरोपेली देशहरूलाई हामीसँग बसेर सुन्ने अवधारणाले काम गर्दैन भन्ने प्रमाणित गरेका छौं ।'
एलन मस्कले जेलेन्स्कीको अन्तर्वार्ताको एक अंश पनि साझा गर्दै भने, 'उनको हास्यको भावना अद्भुत छ ।'

जेलेन्स्कीले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि रुससँग चलिरहेको युद्ध पनि अन्त्य हुने बताएका छन् । जेलेन्स्कीले भने, 'म विश्वस्त छु कि डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भएपछि रुससँगको युद्ध चाँडै समाप्त हुनेछ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै