• २०८१ मङ्सिर २ आइतबार

मैत्रीपूर्ण फुटबल खेलमा अफगानिस्तानमाथि नेपालको शानदार जित

kharibot

काठमाडौँ । नेपालले मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई पराजित गरेको हो ।

शनिबार ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा जिलेस्पी जंग कार्की र रोहित चन्दले एक एक गोल गरेका थिए । कार्कीले खेलको ४६औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने चन्दले खेलको ७८औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।

यसअघि बुधबार सम्पन्न ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै