• २०८१ मङ्सिर २ आइतबार

कांग्रेसबाट कीर्तिपुरको मेयरमा कृष्णमान डंगोल बने उम्मेदवार

kharibot

काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव तोकिएको छ । उम्मेदवारी दर्ता आइतबार हुदैछ ।

डंगोल कांग्रेसको नगर कमिटीका सभापति समेत हुन् । उम्मेदवारका लागि डंगोलसँगै दिवंगत पूर्वमेयर नकर्मीले पत्नी जमुनासहित ११ जनाको नाम सिफारिस भएको थियो ।

किर्तिपुरको मेयरका लागि नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार बनेका छन् । माओवादी केन्द्रले मेयर पदमा प्रा. डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाले मेयर पदका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ भने किर्तिपुरको मेयर पदका लागि सरसफाई अभियानकर्ता राजमान मानन्धरले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै