• २०८१ कार्तिक २९ बिहीबार

युएईलाई हराउदै नेदरल्याण्डस लिग-२ को तेस्रो स्थानमा उक्लियो

kharibot

काठमाडौँ । नेदरल्याण्डसले आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेदरल्याण्डसले युएईलाई ६७ रनले पराजित गरेको हो ।

नेदरल्याण्डसले दिएको २४२ रनको लक्ष्य पछाएको युएईले ४५.२ ओभरमा अल आउट हुदै १७४ रन बनाएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ८ विकेट गुमाउदै २४१ रन बनाएको थियो ।

यो जितपछि नेदरल्याण्डस लिग-२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । नेदरल्याण्डसको ११ खेलमा १४ अंक भएको छ र समान १४ अंक रहेको स्कटल्याण्डभन्दा रनरेटमा अगाडी हुदै तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै युएईले भने लिग-२ मा नवौं हार बेहोरेको छ । युएईको ११ खेलमा ४ अंकसहित पुछारमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै