• २०८१ कार्तिक १५ बिहीबार

आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ?

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन् । 

फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार्बजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आज बुझाएका हुन् ।

जसमा दिल्लीले कप्तान ऋषव पन्त, कोलकोताले कप्तान श्रेयस अय्यर र लखनउले कप्तान केएल राहुललाई रिलिज गरेका छन् ।

जसअनुसार चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीसहित कप्तान रुतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुवे र श्रीलंकाका बलर माथीसा पाथिरानालाई रिटेन गरेको छ । 

त्यस्तै डिफेन्डिङ च्याम्पियन कोलकोताले सुनिल नारन, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, हर्षित राना र वरुण चक्रवर्तीलाई रिटेन गरेको छ । कोलकोताले कप्तान श्रेयस अय्यरलाई रिलिज गरेको छ ।

त्यस्तै लखनउ सुपर जाइन्टले पनि कप्तान केएल राहुललाई रिलिज गरेको छ । लखनउले निकोलस पुरन, मयंक यादव, रवि विश्नोई, मोहसिन खान र आयुष बदोनीलाई रिटेन गरेको छ ।

त्यसैगरी सनराइजर्स हैदरावादले हेइनरिक क्लासेन, पाट कमिन्स, अभिषेक शर्मा, ट्राभीस हेड र नितिश कुमार रेड्डीलाई रिटेन गरेको छ ।

त्यस्तै गुजरात टाइटन्सले कप्तान शुभमन गील, राशिद खान, साइ सुदर्सन, राहुल तेवटिया र शाहरुख खानलाई रिटेन गरेको छ ।

त्यसैगरी राजस्थान रोयल्सले सन्जु सामसन, यशस्वी जैसवाल, रियान पराग, शिमरन हिटमेयर, ध्रुव जुरेल र सन्दीप शर्मालाई रिटेन गरेको छ । 

त्यसैगरी दिल्ली क्यापिटल्सले कप्तान ऋषव पन्तलाई रिटेन गरेको छैन । दिल्लीले अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टबस र अभिषेक पोरेललाई रिटेन गरेको छ ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहली, रजत पाटीदार र बलर यश दयाललाई रिटेन गरेको छ । बैंगलुरुले कोहलीलाई कप्तान बनाउने बताइएको छ ।

त्यसैगरी पञ्जाव किंग्सले शशांक सिंह र प्रभसिमरन सिंहलाई मात्र रिटेन गरेको छ ।

त्यसैगरी मुम्बई इण्डियन्सले रोहित शर्मा, हार्दिक पाण्डेय, सुर्यकुमार यादव, जसप्रित बुमराह र तिलक बर्मालाई रिटेन गरेको छ ।

नयाँ रिटेन्सन नियम

आइपिएलले खेलाडी रिटेन्सनका लागि यो बर्ष नयाँ नियम ल्याएको छ । अब फ्रेन्चाइजी टोलीले आईपीएलको मेगा लिलामीअघि ६ खेलाडीलाई रिटेन गर्न सक्नेछन् । जसमा अधिकतम ५ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड खेलाडी समावेश गर्न सकिनेछ । अन्तर्राष्ट्रिय खेलाडी जुनसुकै देशका हुन सक्छन् तर अनक्याप्ड खेलाडी भारतबाट मात्रै हुनुपर्ने नियम बनाइएको छ ।

उदाहरणको लागि मुम्बई इन्डियन्सले ५ अन्तर्राष्ट्रिय खेलाडीलाई रिटेन गर्यो भने अब टोलीले छैटौं खेलाडीको रूपमा अनक्याप्ड खेलाडीलाई मात्रै राख्न सक्नेछ । यदि टोलीले ४ अन्तर्राष्ट्रिय खेलाडी राखेमा २ जना अनक्याप्ड खेलाडी राख्ने विकल्प हुनेछ ।

त्यस्तै आइपीएल टोलीहरूको पर्स सीमा पनि १२० करोड रुपैयाँमा बढाइएको छ, पहिले यो १०० करोड भारु थियो । खेलाडी रिटेन्सन गर्दा पहिलो खेलाडीलाई रिटेन गर्न १८ करोड, दोस्रो खेलाडीलाई १४ करोड र तेस्रो खेलाडीलाई ११ करोड रुपैयाँ खर्च गरिनेछ । ३ खेलाडी मात्रै रिटेन गरेमा फ्रेन्चाइजीको पर्सबाट ४३ करोड रुपैयाँ खर्च हुनेछ । यदि टोलीले चौथो खेलाडीलाई रिटेन गर्यो भने उसलाई १८ करोड मात्रै तिर्नुपर्नेछ भने पाँचौं खेलाडीका लागि १४ करोड र अनक्याप्ड खेलाडीलाई रिटेन गर्न ४ करोड रुपैयाँ तिर्नु पर्ने छ ।

फ्रेन्चाइजीले ५ अन्तर्राष्ट्रिय र एक अनक्याप्ड खेलाडी राखेमा ७९ करोड रुपैयाँ खर्च हुनेछ भने ४ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड खेलाडी राखेमा पर्सबाट ६९ करोड रुपैयाँ खर्च हुनेछ । त्यस्तै ५ अन्तर्राष्ट्रिय खेलाडी मात्रै राखेमा पर्सबाट ७५ करोड रुपैयाँ खर्च हुने छ । फ्रेन्चाइजीले आफ्नो इच्छा अनुसार पाँच क्याप खेलाडीहरू बीच ७५ करोड रुपैयाँको क्याप्ड रिटेन्सन पोट विभाजन गर्न अनुमति दिइएको छ ।

आइपिएलले फ्रेन्चाइजीका लागि खेलाडी रिटेन्सन सूची पेश गर्ने अन्तिम दिन अक्टोबर ३१ साँझ ५ बजेसम्म दिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै