• २०८१ मङ्सिर ९ आइतबार

बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित 

kharibot

काठमाडौं । संसदीय सुनुवाइ समितिले बेल्जियमको राजदुतमा सिफारिस सेवा लम्साललाई अनुमोदन गरेको छ ।  बुधबार भएको लम्सालको सुनुवाई पछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

सुनुवाइको क्रममा लम्सालले राजदुतको रुपमा आफ्नो योजना प्रस्तुत गर्दै नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

समितिले अनुमोदन गरेसँगै अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संबैधानिक प्रावधान रहेको छ ।

लम्सालले २०८० मंसिर २९ बाट परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेकी हुन् । परराष्ट्र सचिवको कार्यकाल ५ वर्ष हुन्छ । उमेरका कारण उनी २०८२ असार ५ गतेसम्म परराष्ट्र सचिव हुन पाउने थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै