• २०८१ कार्तिक १४ बुधबार

जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने

kharibot

काठमाडौँ । जिम्बाबे र अफगानिस्तानबीच २ टेस्टको टेस्ट सिरिज हुने भएको छ । जिम्बाबेले ऐतिहासिक बक्सिङ डे टेस्ट क्रिकेट आयोजना गर्ने भएको छ ।

मिडिया रिपोर्टका अनुसार जिम्बाबेले २८ बर्षपछि पहिलो पटक बक्सिङ डे टेस्ट क्रिकेट खेल्ने भएको छ । यस अघि १९९६ मा इङल्याण्डले जिम्बाबेमा बक्सिङ डे टेस्ट खेलेको थियो ।

टेस्ट क्रिकेटको इतिहासमा बक्सिङ डे टेस्टको बारेमा कैयौं भनाई रहेका छन् । अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा क्रिसमसपछि तुरन्तै डिसेम्बर २६ मा खेलिने टेस्टलाई बक्सिङ डे टेस्ट भनिएको पाइन्छ । त्यस्तै अर्को भनाई अनुसार सन् १८ सय तिर रानी भिक्टोरियाको समयमा गरिब ब्रिटिस नोकरहरुलाइ क्रिसमसको अवसरमा विशेष उपहार दिइने गरिन्थ्यो । यसलाई क्रिसमस बक्स भनिन्थ्यो । यो बक्स पाउने दिनलाई उनीहरुले बक्सिङ डे भनेर भन्ने गर्थे । त्यहीबाट यो दिनदेखि खेलिने टेस्ट क्रिकेट खेललाई बक्सिङ डे टेस्ट भन्न थालिएको पाइन्छ ।     

अफगानिस्तानको जिम्बाबे टूरमा ३ टी-२०, ३ एकदिवसीय र २ टेस्ट खेल हुने छन् । डिसेम्बर ९, ११ र १२ मा टी-२० खेल हुने छन् भने डिसेम्बर १५, १७ र १९ मा एकदिवसीय खेल हुने छन् । त्यस्तै पहिलो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म हुने छ भने दोस्रो टेस्ट २ जनवरी, २०२५ देखि ६ जनवरीसम्म हुने भएको छ ।

जिम्बाबे र अफगानिस्तानबीच य्सघी २०२१ मा आबुधाबीमा २ टेस्ट भएको थियो । जसमा दुवैले एक एक खेल जितेका थिए । त्यस्तै दुवै देशबीच अहिलेसम्म २८ एकदिवसीय र १५ टी-२० खेल भएका छन् । 
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै