• २०८१ असोज २९ मंगलबार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई प्रदान

kharibot

काठमाडौँ । अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

विजेताहरूमा टर्कीस-अमेरिकन ड्यारेन एसेमोग्लु, ब्रिटिश-अमेरिकन साइमन जोन्सन र बेलायती जेम्स ए रोबिन्सन रहेका छन् ।

उनीहरुले विभिन्न राजनीतिक तथा सामाजिक संस्थाको गठन र समाजको प्रगतिमा पार्ने प्रभावका विषयमा अनुसन्धान गरेबापत यो पुरस्कार पाएको नोबेल पुरस्कार समितिले जानकारी दिएको छ । तीनवटै अर्थशास्त्रीले वर्षौंको प्रयासपछि पनि गरिब मुलुकले धनी मुलुकजस्तो विकास गर्न नसकेको निष्कर्ष निकालेका छन् ।

उनीहरूले समाजमा राजनीतिक संस्थाहरूको प्रभावलाई ३ तरिकामा व्याख्या गरेका छन् । पहिलो- स्रोतहरू कसरी बाँडफाँड गरिन्छ ? समाजमा निर्णय गर्ने अधिकार कसलाई छ ? यही आधारमा धनी वर्ग र आम जनताबीच कस्तो द्वन्द्व छ ? दोस्रो, जनता संगठित हुन्छन् र कहिले शासक वर्गलाई धम्की दिन्छन् । यसो गरेर उसले सरकारलाई आफ्नो कुरामा सहमत गराउँछन् । तेस्रो- धेरै पटक धनी शासक वर्ग जनतालाई निर्णय गर्ने अधिकार सुम्पन बाध्य हुन्छन् ।

यसअघि सन् २०२३ को नोबेल अवार्ड अमेरिकाकी क्लाउडिया गोल्डिनलाई दिइएको थियो । महिलाहरुको काम र बजारमा उनीहरुको योगदानलाई अझ राम्ररी बुझेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको थियो ।

यसअघि यस बर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिइएको थियो भने साहित्यको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई दिइएको थियो । त्यस्तै विक्टर एम्ब्रोस र ग्यारी रुभकुन चिकित्साका लागि, जेफ्री ई. हिन्टन र जोन जे. होपफिल्डलाई भौतिकशास्त्रका लागि  र डेभिड बेकर, जोन जम्पर र डेमिस हसबिसलाई रसायनशास्त्रमा यस बर्षको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै