• २०८१ असोज २७ आइतबार

अजय जडेजा गुजरातको जामनगरका जाम साहेबको उत्तराधिकारी 

kharibot

काठमाडौँ । भारतीय पुर्व क्रिकेट अजय जडेजालाई गुजरातको जामनगरका जाम साहेब शत्रुशल्य सिंहजीले आफ्नो शाही परिवारको उत्तराधिकारी घोषणा गरेका छन् । 

हाल जाम साहेब शत्रुशल्य सिंहजीका कुनै सन्तान छैन। यही कारणले उनले आफ्नो उत्तराधिकारी छान्नुपरेको थियो । उनले अजय जडेजालाई रोजेको जानकारी दिएका छन् । जाम साहेब शत्रुशल्य सिंहजीका पिता दिग्विजय सिंह थिए जसले ३३ वर्षसम्म जाम साहेबको पद सम्हालेका थिए । उनका काका रञ्जित सिंहजीले उनलाई धर्मपुत्र बनाएर आफ्नो उत्तराधिकारी बनाएका थिए । भारतीय क्रिकेटको घरेलु प्रतियोगिता रणजी ट्रफी जाम साहेब रञ्जित सिंहको नाममा खेलिन्छ ।

भारतीय क्रिकेटको घरेलु प्रतियोगिता रणजी ट्रफी जाम साहेब रञ्जित सिंहको नाममा खेलिन्छ । दुलीप ट्रफी रञ्जित सिंहका भाइ जुवान सिंहका छोरा दुलीप सिंहको नाममा खेलिन्छ । रणजी ट्रफी भारतको घरेलु क्रिकेट प्रतियोगिता हो । यो प्रथम श्रेणी क्रिकेट च्याम्पियनसिप हो । राज्य क्रिकेट संघहरूको प्रतिनिधित्व गर्ने टोलीहरू यसमा भाग लिन्छन् । यसलाई भारतीय क्रिकेटको आधार स्तम्भ पनि मानिन्छ ।

त्यस्तै दुलीप ट्रफी भारतमा खेलिने घरेलु प्रथम श्रेणी क्रिकेट प्रतियोगिता हो । यी दुवै प्रतियोगिता भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आयोजना गर्ने गर्दछ । यस प्रतियोगितामा भारत ए, बी, सी र डी गरी चार टोलीको सहभागिता रहेको छ ।
जाम साहेबको इतिहास

जाम साहिब नवानगर, अहिले गुजरातको जामनगरको शासक राजकुमारको उपाधि हो । जाम साहेब राजपूतहरूको जाम जडेजा कुलका थिए । जाम रावलजी १५४० मा नवानगरको पहिलो जाम साहेब थिए । उनीहरू कच्छबाट बसाई हालर क्षेत्रमा नवानगर स्थापना गरेका थिए । यसमा ९९९ गाउँहरू समावेश छन् ।

अजय जडेजाले भारतीय क्रिकेटमा चर्चित नाम हो । उनले सन् १९९२ देखि २००० सम्म भारतीय क्रिकेट टोलीका लागि १५ टेस्ट खेल खेलेका थिए । उनले चार अर्धशतकको मद्दतले ५७६ रन बनाए । जडेजाले भारतका लागि १९६ एकदिवसीय खेलमा ५३५९ रन बनाएका छन् । जसमा ६ शतक र ३० अर्धशतक रहेका छन् ।

अजय जडेजालाई सन् २००० मा म्याच फिक्सिङको आरोप लागेको थियो । यसपछि बीसीसीआईले जडेजालाई ५ वर्षको प्रतिबन्ध पनि लगायो । जडेजाले यो प्रतिबन्धविरुद्ध दिल्ली उच्च अदालतमा याचिका दायर गरेका थिए । पछि अदालतले आरोप खारेज गरिदियो । यसपछि जडेजाले घरेलु क्रिकेटमा पनि पुनरागमन गरेपनि भारतीय टिममा भने पुनरागमन गर्न सकेनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै