• २०८१ असोज २३ बुधबार

पशुपति धर्मशालामा महानगरको बोर्ड 

kharibot

काठमाडौं । पशुपति धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेको हो ।

धर्मशाला महानगरले सञ्चालन गर्ने सम्झौतापछि बुधबार महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेको थियो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे पत्राचार गरेका थिए ।

सोही पत्राचारपछि महानगरपालिकाले मंगलबार नै माइकिङ गरेर खाली गर्नका लागि माइकिङ गरेको थियो । उनीहरू पुगेपछि मारवाडी सेवा समितका सदस्यहरूले अहिले नै महानगरपालिकाले आफ्नो बोर्ड राख्न नहुने बताएका थिए ।

महानगरले बोर्ड राखेपछि मारवाडी सेवा समितिका सदस्यले विरोध गरेपछि महानगरप्रहरीसँग झडप भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै