• २०८१ असोज २४ बिहीबार

बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

kharibot

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन् ।

पशुपति धर्मशालामा आज मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडप बारे टिप्पणी गर्दै बालेनले पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण गर्दै असक्तहरुलाई नि: सुल्क खाना र औषधि उपचार गर्न प्रयोग गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्- 

नाजायज सम्बन्धबाट  सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समाजले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौं देखि केही हजार रुपैया तिरेर हड्पेको जग्गा अदालतले दबि पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, अनि समितिले  महानगरलाई धर्मशाला तथा असक्तहरुलाइ नि: सुल्क खाना र औषधि उपचार गर्न  भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समाजको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समाजबाट पो रहेछ । अनि हामी चाहिँ देश प्रहरी  र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै