• २०८१ असोज २४ बिहीबार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

kharibot

दाङ । दाङको घोराही उपमहानगरपालिका-१८ मसिनाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३८ किलो ९ सय ७२ ग्राम, अफिम जस्तो देखिने पदार्थ ११ किलो १ सय ८० ग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूकुम पुर्व पुथाउत्तरगंगा गाउँपालिका-४ बस्ने ३७ वर्षीय सुविन्द्र पुन, सोही गाउँपालिका-३ बस्ने ५१ वर्षीय चेतन बुढा र  दाङ घोराही उपमहानगरपालिका-१८ मसिना बस्ने रूकुम पूर्व घर भएकी ४२ वर्षीया बिनी पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।  

त्यस्तै झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित अर्जुनधारा नगरपालिका-४ बस्ने २० वर्षीय पुष्प तुम्वापोलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिका-७ लाहानुचोकस्थित दिपक धामीको खाली घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५१ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-८ गुलनियाँ बस्ने २६ वर्षीय रूपेन्द्र कलेल र सोही नगरपालिका लिक्मा बस्ने २६ वर्षीय पदम बहादुर कलेल रहेका छन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८५ मिलिग्राम सहित सोही नगरपालिका-६ कसरौल बस्ने २५ वर्षीय रमेश खातीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै