• २०८१ असोज २३ बुधबार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

kharibot

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजारले घटेर आज छापावाल सुन तोलाको एक लाख ५९ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै