• २०८१ असोज २३ बुधबार

थप ५७ वटा हिमालमा आरोहण अनुमति

kharibot

काठमाडौं । सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि अनुमति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थप हिमाल आरोहणको लागि अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्  ।

५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका थप हिमालहरुको आरोहणका लागि अनुमति दिने निर्णय पनि गरिएको बताए ।

उनले भने- ‘नेपालमा हिमालै हिमालको देश भनिएपनि अझै पनि हाम्रा धेरै हिमालहरू पर्वतारोहणका लागि खुला गरिएको छैन। यस पटक नेपाल सरकारको यो निर्णयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरूको आरोहणका लागि थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरुलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।'

यसअघि नेपालले ०७५ पुसमा जुगल हिमाल आरोहणका लागि अनुमति दिएको थियो । जुगलसहित यसअघि ४१५ वटा हिमाल आरोहणको अनुमति प्रदान गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै