• २०८१ असोज २३ बुधबार

गृहमन्त्री लेखकसहित तीन मन्त्री सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवलोकनमा

kharibot

सिन्धुली । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोलीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाको जानकारी लिएको छ ।

मंगलबार बिहान खुर्कोट पुगेका तीन मन्त्रीले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका थिए । उनीहरुले रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले थालेको प्रारम्भिक कामको निरीक्षणसमेत गरेका छन् ।

गृहमन्त्री लेखकले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग छलफल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै